Breaking News

बेनी बजारमा तिज विषेश कार्यक्रमहरु हुने


    सन्दिप खत्री म्याग्दी साउन ३१
हरितालीका तिजको अवसरमा म्याग्दी सदरमुकाम वेनीमा विविध साँगीतिक कार्यक्रम संचालन हुने भएको छ ।
    जिल्लामा रहेका विभिन्न संघ संस्थाले तीजलाई साँगीतिक माहोलमा मनाउन प्रचलनको सुरुवात गर्दै विविध कार्यक्रमको आयोजना गरेका छन् । जिल्लाको  पहिलो सामुदायीक रेडियो रेडियो म्याग्दी १०४.४ मेघाहर्जले हरितालिका तीजको अवसरमा तिज विषेश साँगीतीक तथा साँस्कृतिक कार्यक्रम –२०७० आयोजना गर्ने भएको छ । लोक संस्कृतिको जगेर्ना गर्दै नवप्रतिभाहरुलाई अवसर प्रदान गर्ने उदेश्यले आगामी भदौ २० गते विहिवारको दिन बेनी स्थित रेडियोको कार्यालय अगाडी खुला तिज गित प्रतियोगीता तथा उच्च मावि स्तरीय लोकनृत्य प्रतियोगीता आयोजना गरिएको हो ।
     स्थानिय कला र संस्कृतिको जगेर्ना गर्ने उदेश्यले तीज पर्वलाई सभ्य र भव्य तरिकाबाट सांगीतिक माहोलमा मनाउने प्रचलनको विकास गर्नका लागी कार्यक्रमको आयोजना गरिएको रेडियोका स्टेशन संयोजक गोपाल छन्त्यालले जानकारी दिए । कार्यक्रममा आयोजना हुने खुला तीज गित प्रतियोगीतामा प्रथम, द्धितिय , तृतिय र सान्त्वना हुनेलाई क्रमश नगद रु ८ हजार, ६ हजार, ४हजार र २ हजारको साथमा  प्रमाणपत्रद्धारा पुरस्कृत गरिने जनाईएको छ ।
    त्यसैगरी उच्च माविस्तरीय लोकनृत्य प्रतियोगीतामा प्रथम, द्धितिय र तृतिय हुनेलाई नगद रु ८ हजार, ६ हजार र ४ हजारको साथमा प्रमाणपत्रले पुरस्कृत गरिने रेडियोले जनाएको छ । कार्यक्रममलाई सफल बनाउनका लागी स्टेशन संयोजक छन्त्यालको मुल संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ । रेडियोले गत बर्ष पनी तीजको अवसरमा दरखाने कार्यक्रमको साथमा सांगेतिक तथा साहित्यीक कार्यक्रम सम्पन्न गरेको थियो ।
    यसैविच राष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठान म्याग्दीको आयोजनामा हरितालिका तीजको अवसरमा खुला तीज गित प्रतियोगीता आयोजना हुने भएको छ । आगामी भदौ २२ र २३ गते सदरमुकाम वेनी स्थित खुला मञ्चमा हुने कार्यक्रमको सफल गराउनका लागी प्रतिष्ठानको मंगलवार बसेको वैठकले प्रतियोगीतालाई सभ्य र भव्य तरिकाले सम्मन्न गराउनका लागी मुल समिति र विभिन्न उपसमितिहरु गठन गरेको जनाएको छ  । े

How about this Article

No comments:

Leave a Reply