जेनेरेटर मर्मत नहुँदा विद्युत् उत्पादन घट्यो
म्याग्दी, ३ भदौ । म्याग्दीको नारच्याङ गाविसमा रहेको तातोपानी साना
जलविद्युत् आयोजनाको बिग्रिएका जेनेरेटर मर्मत हुन नसक्दा विद्युत् उत्पादन
घटेको छ । दुई मेगावाट क्षमताको आयोजनामा अहिले एक मेगावाट मात्रै
विद्युत् उत्पादन हुने गरेको छ । विसं २०४३ मा निर्माण सुरु भएर २०४४ देखि
विद्युत् वितरण थालेको आयोजनामा अहिले आठवटा टर्बाइनमा जडित जेनेरेटरमध्ये
अधिकांश जीर्ण अवस्थामा पुगेका छन् भने दुईवटा जेनेरेटर नै जलेको अपरेटर
खिमबहादुर पुनले बताउनुभयो ।
उहाँका अुनसार बिग्रिएका अन्य दुईवटा जेनेरेटरको समेत मर्मत हुन नसक्दा विद्युत् उत्पादन घटेको हो ।
दुई वर्षदेखि बिग्रिएका २५० किलोवाट क्षमता भएका जेनेरेटर बिग्रिएर मर्मत हुन नसक्दा बर्सेनि विद्युत् उत्पादन घट्दै गएको उहाँले बताउनुभयो । पानीको क्षमता हुँदाहुँदै पनि मेसिनहरु मर्मत गर्न नसक्दा उत्पादन बढाउन नसकिएको कार्यालयका लेखापाल गोपालबहादुर सुनुवारले बताउनुभयो । तत्कालीन समयमा आयोजनामा प्रयोग गरिएका सामग्री अहिले बजारमा नपाइने हुँदा जीर्ण उपकरणको समेत मर्मत सम्भार गर्न कठिनाइ हुने गरेको आयोजनाको भनाइ छ ।
आयोजनाको अहिले ड्याम साइटमा मर्मत सम्भार गर्न नसक्दा संरचना जीर्ण बन्दै गएको छ । आवश्यक जनशक्ति र बजेटको अभाव हुँदा जीर्ण संरचनाको मर्मत हुन नसकेको कार्यालय प्रमुख हरिप्रसाद रिमालले बताउनुभयो । यसैबीच अहिले आयोजनामा जनशक्तिको अभावमा काम प्रभावित हुँदै गएको छ ।
बयालीस जनाको दरबन्दी रहे पनि अहिले १५ जना स्थायी र आठजना ज्यालादारी कर्मचारी मात्रै रहेकाले अपरेटरले नै प्राविधिक कर्मचारीका रुपमा काम गर्नुपरेको लेखापाल सुनुवारले बताउनुभयो । मुस्ताङको दुई गाविस लेते र कुञ्जो तथा म्याग्दीको नारच्याङ, दाना र भुरुङ् तातोपानीमा स्थानीय विद्युत् लाइन वितरण गरेको आयोजनाबाट उत्पादित विद्युत्लाई पर्वतको मोदी जलविद्युत् केन्द्रमार्फत ३३ केभीको केन्द्रीय लाइनमा समेत जोडिएको छ ।

No comments: