Breaking News

प्रतिभाको आगनको वेनीमा अडिसन


भदौ, १२ गते ।
म्याग्दीमा रहेका बालबालिकाहरुको नृत्य प्रतिभाहरुलाई बाहिर ल्याउने उदेश्यले वेनीमा प्रतिभाको आगनको अडिसन सम्पन्न गरीएको छ । लुजा आर्टस एण्ड मिडिया  नेपालले  एनटिभि प्लसमा प्रशारण गर्दै आएको उक्त कार्यक्रम वुधवार जिल्ला विकास समितिको सभाहलमा  अडिसन राउण्डको छायाँङ्कन गरीएको हो । स्थानिय कलाकार कमल बानीयाँ र विकास विश्वकर्माको विषेश पहलमा आयोजना गरिएको प्रतिभाको आगनको छायाँङ्कन कार्यक्रममा वेनी स्थित विभिन्न विद्यालय तथा वोडिङ्ग स्कुल र नृत्य कला केन्द्रबाट ४८ जनाले सहभागीता जनाएका थिए । ८ बर्षदेखी २० बर्षमुनीका बालबालिकाहरुमा हुने नृत्य प्रतिभालाई उजागर गर्ने उदेश्यले आयोजीत अडिसनबाट समिफाईनलको लागी ३० जना कलाकारहरुको छनौट गरेको छ । आगामी असोज ४ गते सेमिफाईनल र फाईनल प्रतियोगीता हुने आयोजनाले जनाएको छ । 
प्रतिभाको आगनका निर्माता तथा निर्देशक ऋषि श्रेष्ठ, मिलन गुरुङ र विकास विश्वकर्माले मुल्याङ्कन गर्नुभएको उक्त कार्यक्रममा राजीब कपालीले व्यवस्थापन तथा कमल बानीयाँले संचालन गर्नुभएको अडिसनको सविन सिंह र दिलीप विष्टले छायाँङ्कन गरेका थिए । देशका विभिन्न ठाउँमा पुगेर अडिसन मार्फत तयार पारिने कार्यक्रम ‘प्रतिभाको आगन’ एनटिभि प्लसमा सोमवार राती साढे ९ बजे, मंगलवार विहान ११ बजे र वुधवार विहान १२ बजे प्रशारण हुने गर्दछ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चन्द्र वहादुर कार्की, म्याग्दी उद्योग बाणीज्य संघका अध्यक्ष कुविर कुमार श्रेष्ठ लगायत सर्वसाधारणको समेत बाख्लो उपस्थीती रहेको थियो । 

How about this Article

No comments:

Leave a Reply