प्रहरी र होटेल व्यवसायी विच छलफल
सन्दिप खत्री म्याग्दी÷भाद्र १
सदरमुकाम बेनी स्थित विभीन्न होटेल व्यवसायी र जिल्ला प्रहरी कार्यालय विच शनिबार बेनीमा होटेल व्यवसायीको सुरक्षा,समस्या प्रहरी र होटेल व्यवसायीको सम्बन्धका विचमा छलफल भएको हो । छलफलका क्रममा व्यवसायी बेलुका होटेल बन्द गर्ने समय ९ बजे तोकिएमा मौसम अनुसार समय परिमार्जीत गर्नु पर्ने माग राखेका थिए । त्यस्तै व्यवसायीहरुले होटेलहरुमा भैm–झगडा हुदाँ प्रहरीलाई खवर गर्दा पनि समयमा नआएको गुनासो समेत गरेका छन् भने प्रहरी नायव उपरिक्षक कृष्णबहादुर पल्ली मगरले भने आफूहरुबाट त्यस्तो कमजोरी नभएको बरु २४ घण्टा नै प्रहरीलाई बजारमा खटाएको यदी त्यसो भएमा कमजोरी सुधार्ने बताएका छन् ।
त्यस्तै प्रनाउ मगरले व्यवसायमा अस्वच्छ प्रतिस्पर्धाका कारण विभिन्न विकृतिहरु भित्रिएकाले त्यसतर्फ सजग हुनको लागि सवै होटेल व्यसायीलाई आग्रह समेत गरेका छन् । सम्पूर्ण होटेल तथा रेष्टुरेन्टहरु सम्बन्धीत निकायमा दर्ता हुनु पर्ने भन्दै प्रनाउ मगरले मदिरा बेच्नका लागि लाइसेन्स लिएर मात्र मदिराको बेचविखन गर्न समेत व्यवासयीहरुलाई आग्रह गरेका छन् । पछिल्लो समयमा बजारमा देह व्यापार बढेको र विभिन्न होटेलहरुमा सञ्चालकहरुलाई जानकारी नदिई होटेलको कोठामा प्रहरी प्रवेश गरेको गुनासो व्यवसायीहरुले गरेपछि व्यवसायीको सुरक्षाको लागि र विकृतिको न्युनीकरणका लागि त्यस्तो कार्य गरिएको भन्दै आगामी दिनमा होटेल सञ्चालकहरुलाई काउन्टरमा जानकारी गराएर होटेलका कोठाहरु चेकीङ्ग गरिने बताए ।
कार्यक्रममा म्याग्दी होटेल तथा रेष्टुरा व्यवसायी संघका अध्यक्ष विमला गौचनले स्थानीय रुपमा उत्पादीत घरेलर मदिरा फाल्दैमा मदिरा बेचविखनको समस्यमा समाधान नहुने भन्दै त्यसलाई व्यवस्थीत गरेर लैजानु पर्नेमा जोड दिईन । बेनी बजारका करिव पचास जना होटेल व्यवसायीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा प्रनाउ मगरले सम्पूर्ण व्यवसायीहरुको पूर्ण सुरक्षाको ग्यारेन्टी समेत गरेका छन् ।

No comments: