Breaking News

जिल्लामै पहिलोपटक झिँ गाविसमा सामुदायीक विद्युतीकरण

 सन्दिप खत्री ÷म्याग्दी
भदौ, १३ गते ।
म्याग्दीको झिँ गाविसमा जिल्लामै पहिलोपटक सामुदायीक विद्युतीकरण योजनाबाट गाविसका सवै वडामा एकैसाथ विजुली बलेको छ । ५ बर्ष अगाडी सामुदायीक विद्युतीकरण सहकारी संस्थाले नेपाल विद्युत प्राधिकरणसंग सम्झौता गरी काम सुरु गरेपछी वुधवार गाविसका सवै घरमा एकैसाथ विजुली बलेको गाविस सचिब दामोदर रिजालले जानकारी दिए ।
सुरुमा विद्युतीकरणको योजना सम्पन्न गर्नका लागी १ करोड २८ लाख रुपैयाँ लाग्ने अनुमान भएपनी अहिले लागत बढेर १ करोड ५५ लाख रुपैयाँमा योजना सम्पन्न भएर गाउँका ३ सय घरधुरीमा विद्युत सुविधा पुगेको सचिब रिजालले बताए । ४ थान ५० केभिए ट्रान्सर्फमर जडान कार्य सम्पन्न भएपछी  केन्द्रीय प्रशारण लाईनको विद्यूत सुविधा झिँमा पुगेको हो ।
वि.स. २०६५ सालमा गाविसका सवै घरबाट एकहजार ६०० रुपैयाँ लगानी गरेर स्थापना गरिएको सहकारी मार्फत सुरु गरिएको योजनामा २० प्रतिशत रकम समुदाय र ८० प्रतिशत सरकारले प्राधिकरण मार्फत उपलब्ध गराएको सहकारीका सचिब कृष्ण थजालीले बताए ।
विद्युत सुविधा लिनका लागी समुदायले सहकारी र प्राधिकरणविच भएको सहमती अनुसार २० प्रतिशत बापतको २८ लाख रुपैयाँ लगानी गरेका छन् । समुदायको लगानीमा जिविस, गाविस, स्थानिय उपभोक्ता र शेयर संकलन गरि रकम संकलन गरिएको गाविस सचिब रिजालले जानकारी दिए ।
छिमेकी गाविस पात्लेखेतबाट ४ किलोमिटरको मुख्य लाईनमा ८० वटा पोल र ११ किलोमिटर वितरण लाईनमा ३ सय ६० वटा पोल माफृत विद्युतीकरण योजना सम्पन्न भएको हो । सहकारीको अगुवाईमा सामुदायीक विद्युतीकरण कार्यक्रम अन्र्तगत भएको यो जिल्लाकै पहिलो नमुना काम भएको नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख कृष्ण प्रसाद अधिकारीले जानकारी दिए ।
योजना सम्पन्न भएपछी पनी व्यवस्थापनको काम सहकारीले नै गर्ने जनाईएको छ । स्थानिय तवरमा ७ रुपैयाँ ३० पैसाका दरले मशसुल संकलन गर्ने र ३ रुपैयाँ ५० पैसाका दरले मशसुल रकम प्राधिकरणलाई वुझाएर बाँकी रकमले व्यवस्थापन तथा मर्मत खर्च गर्ने गरि प्राधिकरण संग सम्झौता भईसकेको छ । विद्युत सुविधा पुगेसंगै टुकीको भरमा रात विताउनुपर्ने स्थानियबासी झलमल्ल विजुलीको उज्यालोको सुविधा पाउन थालेपछी खुसी भएका छन् ।

How about this Article

No comments:

Leave a Reply