Breaking News

सुन हालसम्मकै उच्च

काठमाडौ, १३ भदौ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै नेपाली बजारमा सुनको भाउले पुनः नयाँ रकर्ड कायम गरेको छ ।
हिजो बुधबार सुन एकै दिन तोलामा ३ हजार ४ सय रुपैयाँले बढेर तोलाको ६३ हजार ४ सय रुपैयाँमा कारोबार भयो । यसअघि गत माघ महिनामा तोलाको ६२ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कामय भएको थियो । त्यसपछि क्रमशः घटेर सुन तोलाको ४८ हजार रुपैयाँसम्म आइपुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा बढ्दो क्रममा रहेको मूल्यबृद्धि र डलरको भाउ बढ्दै जाँदा सुन र डलरको भाउ बढेको विश्लेषण गरिएको छ ।
यस्तै चाँदीको भाउ पनि तोलाको ११ सय १५ रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मध्यन्न १२ बजे आजका लागि भने सुन चाँदीको भाउ तोक्ने छ । डलर र सुनको भाउ बढ्दै जाँदा हाम्रो जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा मूल्यबृद्धिको थप चाप पर्ने अर्थविद्हरुले बताएका छन् ।

How about this Article

No comments:

Leave a Reply