
अचानक चर्को चर्को आवाज मा गित घन्कियो, म दौडीदै सोहि ठाउमा पुगे, त्यहाँ गाउँलेको भिड लागेको थियो, मेरो बुवा र कान्छा बुवा को अनुहारमा अनौठो मुस्कान थियो, लाग्थ्यो उहाँहरु ठुलै बाजी मारेर घर फर्किनु भएको छ, यति खुशी त मैले उहाहरुलाई कहिलै देखेको थिइन, बुवा ले हजुर आमा लाइ पनि सोहि ठाउमा बोलाउन भन्नु भयो म दौडिदै घर पुगे र हजुर आमाको हात तान्दै सोहि ठाँउमा लागे, हजुर आमा पनि दंग रहनु भयो, सायद त्यो भन्दा पहिला हजुर आमाले बुवा हरुलाई त्यती धेरै खुसि भएको देख्न पाउनु भएको थिएन, गित घंकिदै थियो, बम्बैको कोठीमा बेचिएकी चेली को बिसएलाइ गितमा समेटेको थियो, नेपालि चेली रुदै थिइन्, भने कोठीको दलालि महिलाले तेरो मान्छे ले तलाई पचास हजार मा बिक्री गरेर गयो भनेर थर्काउदै थिइन्, चेली भन्दै थिइन् गित बाटै, खाकी छैन कसैको ऋण म चिन्दीन सुन सरि इन्द्र जालै तारा जुन, गित को रिल घुम्दै थियो, ब्याट्री ले आफ्नु ताकत ले भ्याएसम्म को पावर दिइरहेको थियो, जब क्यासेट को रिल सकिएर आवाज अचानक रोकियो, त्यो समय को वाताबरण म शब्द मा उल्लेख गर्न त सक्दिन तै पनि कोसिस मात्र, मैले चौतर्फी नजर घुमाए । बाताबरण मा सन्नाटा छाएको थियो, हजुर आमा देखि सम्पूर्ण गाउले हरुको आँखा मा आशु, मैले आज सम्म त्यो दृश्य पुन देख्न सकेको छैन, कान्छ बा ले के सोच्नु भएछ कुन्नी, आमा बोल, केहि बोल, हजुर आमा सुक्क सुक्क गर्दै, रूहाउने बेला रूहाइस, अब के बोलम भन्दै हुनुहुन्थ्यो, कान्छा बा ले टेप रेकर्डर को दुई वटा बटन एकै पटक दबाउनु भयो, र हजुर आमालाई छिटो बोल्न कर गर्नु भयो, हजुर आमा बिचरा वाल्ल पर्दै के बोलम के कान्छा, भन्दै हुनुहुन्थ्यो, निकै कर गरे पश्चात हजुर आमा ले यदु यदु भन्दै कान्छा बुवा को नाम बोलाउनु भयो, त्यस पश्चात कान्छा बुवा ले टेप रिकर्ड के के पो गर्नु भयो, एक छिन पछी टेप रिकर्ड ले बोल्न सुरु गर्यो, त्यहाँ हामि सबै बोलेको टेप रिकर्ड मा खिचिएछ क्यारे, हजुर आमाको जस्ता को तस्तै आवाज टेपको स्पिकरबाट आउदै थियो, हामि पहिलो पटक टेप देखेका मानिस थियौ सबै, त्यो भन्दा पहिला हाम्रो गाँउ मा रेडियो टेप केहि थिएन, एका एक रोएका अनुहारहरुमा चमकता आयो, सबै हास्दै थिए, पहिलो पटक टेप रेकर्ड देखेको त्यस्मा पनि आवाज खिचेर आफ्नु आवाज उति बेलै सुन्न पाइने आहा, हामि कति थिया दंग” खानु को बिकल्प थिएन, म भने के हुदै छ खासै केहि बुझेको थिइन त्यत्ति बेला म अलि सानै थिए , कान्छ बुवा ले फेरी रिल बदली गर्नु भयो, सत्ते बत्तीस ताल, कहाँ गयौ निस्ठुरे सानु छुट्यो माँयाँ जाल, त्यो दिन को अविस्मरणीय समय यत्त्तीकै मा बित्यो, केहि वर्ष पछी हामि बडहरे भन्ने ठाउ बाट बसाइ सरेर नारायण स्थान मा पुगेका थियौ, म नौ को बर्स पुगी सकेको थिय बुवा ले खेत मा पनि लगाउन जाँदा मलाइ संगसंगै लग्नु हुन्थ्यो, कहिले काही रातिको बाह्र बजे को हुन्थ्यो, खेत बाट घर फर्कनि झन्डै आदा घण्टा लाग्ने, बुवा लाइ दिक्क लाग्दा कति बेला कति बेला टेप रिकर्ड समाउने मौका मेरो हुन्थ्यो, म पनि संसार को ठुलै मान्छे नै बन्थे, त्यो मजा आजको आइफोन ले पनि दिदैन, केहि समय पछी बुवा ले टेप रिकर्ड संग रेडियो साट्नु भयो पन्द्र सय थप्न लगाएर । एक दिन म संग पढ्ने साइलो दौडिदै दौडिदै मेरो छेउ पुग्यो पसल मा म एक्लै थिय, साइला ले एक्कासि रेडियो माग्यो, रेडियो खासै गाउभरी थियनन, निकै कर गरेपछि मैले रेडियो दिने निर्णय गरे तर दिनु भन्दा पहिला किन मागेको रहेछ बुझ्ने कोसिस गर्दै मित्रसंग प्रश्न राखे, तर उ लजाउदै थियो, तर नभनेर पनि सुख पाउने वाला थिएन त्यसैले मुख उक्कायो, एक जना हाम्ले नै पढ्ने स्कुल मा पढ्ने केटि पानि लिन स्कुल भित्रै छिरेकी रहिछन, उनको अगाडी सान झारेर आफु तर्फ आकर्षण गर्नका लागि रेडियो माग्न आएको रहेछ, मलाइ बिस्वास थियन मेरो रेडियो लगेर मेरो मित्र तरुनी फकाउन सफल होला, त्यसैले रेडियो दिएर पठाईदिए, त्यस पछि मेरो मित्र रेडियोको फिता काधँमा भिरेर धन्काउँदै स्कुल भित्र प्रवेश ग¥यो । एकछिन पछी त मेरो मित्र बत्तीस दन्त देखाउदै स्कुल बाट बाहिरियो, रेडियो बज्दै थियो, संयोग भनौ, गित पनि तेस्तै खाले, रेडियो फर्काउदै म संग बिस रुपियाँ माग्न थाल्यो, कुरो बुझ्दा उसले त फकाई वरी बजार फिलिम हेर्न जाने योजना पनि बनाएछ, थुक्क, मेरो मन मा पश्चताप, मेरो रेडियो लगेर मेरै साथीले केटि पटाउन सक्यो भने म के कुरामा कम थिए र, आखिर म पनि तेस्रो ब्यक्ति त होइन नि .मैले सुनेको हामि जन्मिनु भन्दा पहिला प्रेम गर्ने सैली फरक थियो रे, हाम्रा बाउ बाजेहरु ले पिपल को पात सामी को पात बाट सुरिलो आवाज निकालेर आफ्ना दौतरीहरुलाई आकषर््ाण गर्थे रे, राति राति मा झाम्रे गाउने चलन, खेत को कुनो होस् या बारी, बन को पाखो हास या खरबारी, एकान्त गाँउ मा कसैको घर होस् या गोठ,प्रेम गर्ने ठाउहरु तीनै हुँन रे, लेक बाट झरेकी नानि लाइ बोलाउ बोलाउ लाग्यो नि नजिक आइ, यो दाजुको ललिते बोलि कसो गरि छोडेर जाउँ भोलि, यस्तै ठाडो भाका का गित यानीमाय सालैजो के के गित हरु थिय रे, थाल र गिलास को खैजडी, ढोल ठटाएर मादल, दुइ वर्ष पहिला बजार मा आएको सुपर हिट गित कुन हो मलाइ याद छैन, तर बिस तिस वर्ष पहिला दाउरा घास मेला पर्ब गर्दा गाइयका धेरै गित याद छ, डांडइ को स्कुल पिपल पाते बजाउदै निस्कुला, बेनीको बजार१ जीरा मरिच मलाइ पर्नु पिर कलाई परिच१ लालु पाते फुलेर लाल भयो आज मेरो जोगीको चाल भयो, धान झुलेको छ लगायत का दोहोरि गित र माथि माथि सैलुंगे मा चौरी डुलाउने लाइ१ गैरी खेत को सिरै हान्यो बर्सा याम को दरौदी ले१ फुलको थुंगा बहेर गयो गङ्गा को पानीमा, र नारायण गोपाल का गित हरु कहिलै मर्दैनन, किनकि ति गित हरु मात्र गाउँन को लागि बनाइयको थियन, अझै पनि गित मा मौलिकता हुने भने गित जुगौ मर्दैनन भन्ने कुरा केहि गित ले प्रमाणित गर्छन,तर जमाना फेरियो न त पुराना प्रबिधि नै रहे, न पुराना संस्कार,
No comments: